×

नेकपाले सोध्यो कर्णालीका पूर्वमुख्यमन्त्री शर्मालाई स्पष्टीकरण

images

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्मालाई स्पष्टीकरण सोधेको छ । शर्माले पार्टीको नीति, विचार, सिद्धान्त र दर्शन विपरीतका कार्यमा सक्रिय भएर काम गरेको आरोप लगाउँदै पार्टीले स्पष्टीकरण सोधेको हो ।

स्पष्टिकरण पत्रमा ‘कर्णाली प्रदेश संसदीय दलको सदस्यको हैसियतले संसदीय दलको विधान २०८२ धारा ९ ले तोकेको काम, कर्तव्यको पालना नगरेको हुँदा तपाईंलाई यस नेपाली कम्युनिस्ट पार्टीको विधान २०८२ को धारा १०६(१)(क) बमोजिमको प्रक्रिया अवलम्बन गरी विधानको धारा १०६ (२) अन्तर्गत पार्टी सदस्यताबाटै निष्कासन किन नगर्ने ? भनिएको छ । साथै स्पष्टीकरण पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।

अन्यथा पार्टीको विधान तथा नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेशसभा संसदीय दलको विधान २०८२ बमोजिम तपाईं उपर कारबाही हुने चेतावनी दिइएको छ । 

कर्णाली प्रदेश संसदीय दलको सदस्यको हैसियतले संसदीय दलको विधान २०८२ धारा ९ ले तोकेको काम, कर्तव्यको पालना नगरेको हुँदा तपाईंलाई यस नेपाली कम्युनिस्ट पार्टीको विधान २०८२ को धारा १०६(१)(क) बमोजिमको प्रक्रिया अवलम्बन गरी विधानको धारा १०६ (२) अन्तर्गत पार्टी सदस्यताबाटै निष्कासन किन नगर्ने ? भनिएको छ ।  साथै स्पष्टीकरण पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

पत्रमा भनिएको छ, ‘संसदीय दलको विधानको धारा ११ (४) (५) बमोजिम संसदीय दलको सदस्यबाट किन नहटाउने ? यो स्पष्टीकरण पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्नुहोला । अन्यथा यस दल नेपाली कम्युनिस्ट पार्टीको विधान तथा नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेशसभा संसदीय दलको विधान २०८२ बमोजिम तपाईं उपर कारबाही हुने ब्यहोरा अवगत एवम् जानकारी गराइएको छ ।

स्पष्टीकरण पत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेका छन् । कर्णालीका पूर्व मुख्यमन्त्री समेत रहेका शर्माले केही दिनअघि संसदीय दलको नेताबाट राजीनामा दिइसकेका छन् । पछिल्लो समय उनी जनार्दन शर्मा सहभागी प्रगतिशील लोकतान्त्रिक पार्टीमा सक्रिय देखिएका छन् ।

आइतबार​ २६ माघ २०८२ ०२:५८ PM मा प्रकाशित

प्रतिक्रिया