काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले संसदमा जात्रा देखिएको टिप्पणी गरेकी छन् । बुधबार आयोजिर्त आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले संसद सबैको लागि रमाईलो जात्रा जस्तो भएको टिप्पणी गरेकी हुन् ।
‘अहिले हामी संसदमा जात्रा देख्दैछौँ । जुन आन्दोलनको जगमा राजनीतिमा सबै खालको विचारले प्रतिस्पर्धा गर्न पाए । आज त्यही व्यवस्था र संविधानकाविरुद्ध विष बमन यो त पुनरुत्थान हो नि ।’
राजनीति दलहरूले सही ढंगले काम नगरेकै कारणले अहिले जनमत कमजोर भएको बताएकी हुन् । अहिले जनतामा देखिएको निरासालाई अन्त्य गर्न काम गरेर देखाउन आवश्यक रहेको उनको भनाइ छ ।
प्रतिक्रिया