×

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथ आज

images

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । शुक्रबार सात दलका ७७ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका उनले आज शपथ लिने तयारी गरेका हुन् ।

मुख्यमन्त्रीको कार्यालयले आज शपथ ग्रहणको तयारी गरिएको जनाएको छ । मुख्यमन्त्री यादवले आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्ने तयारी गरेका छन् ।

संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि कांग्रेस दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।

यादव मधेस प्रदेशको छैटौं मुख्यमन्त्रीमा नियुक्त भएका छन् । यादव नेतृत्वको सरकारलाई यादवलाई जसपा, जनमत, लोसपा, माओवादी, नेकपा एस र नागरिक उन्मुक्तिका सांसदले समर्थन गरेका छन् ।

आइतबार​ २२ मंसिर २०८२ ०९:०६ AM मा प्रकाशित

प्रतिक्रिया