×

आरती शाह मृत्यु प्रकरण : हेडक्वार्टर तानिए धनुषाका एसपी खड्का

images

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एसपी विश्वराज खड्कालाई धनुषा प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएको छ । आरती साहका परिवारमाथि कुटपिट गरेको आरोप लागेका एसपी  खड्कालाई प्रहरी प्रधान कार्यालय नक्साल तानिएको हो। 

आरती शाह मृत्यु प्रकरणमा अनुसन्धान कमजोर गरेको आरोप मृतकका आफन्तहरूले लगाउँदै आएका छन् । ५ महिनाभन्दा बढी समयदेखि उनीहरू आन्दोलनरत छन् ।

आरती जेठ ७ गते आफ्नै घरमा मृत भेटिएकी थिइन् । यस प्रकरणमा पक्राउ परेका आरतीका श्रीमान् र ससुरा मुद्दा पुर्पक्षका लागि कारागार चलान भएका थिए । मृत्यु शङ्कास्पद भएको र अनुसन्धानको क्रममा एसपी  खड्का सहितका प्रहरी अधिकृतहरूको कुटपिट गरेको पीडित परिवारले दाबी गरेका छन् ।

खड्का सहितका प्रहरी अधिकृतहरूलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै शाहका बुवा र आमा सहितका परिवारका सदस्यहरू १४५ दिनदेखि काठमाडौँमा धर्ना बसिरहेका छन् । 

मङ्गलबार २१ कात्तिक २०८० १२:३७ PM मा प्रकाशित

प्रतिक्रिया