×

लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरको नाम सप्तरी-२ बाट सिफारिस

images

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको नाम प्रतिनिधिसभा सदस्यको लागि सप्तरी क्षेत्र नम्बर २ बाट सिफारिस भएको छ ।

जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा पार्टीको सम्पन्न क्षेत्रीय भेलाले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि उहाँको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको पार्टीका केन्द्रीय नेता गजेन्द्र मण्डलले जानकारी दिनुभयाे । प्रतिनिधिसभा प्रत्यक्षतर्फ लोसपाका केन्द्रीय नेता जयप्रकाश ठाकुरको नाम पनि सिफारिस गरिएको छ । समानुपातिकतर्फ दुलारीदेवी खंग, अमरकान्त झा, लिला गुप्ता, पवित्री देवी र हेम मिश्रको नाम सिफारिस गरिएको छ ।

प्रदेशसभाका सदस्यका लागि क्षेत्र नम्बर २ (क) बाट प्रत्यक्षतर्फ विनोदकुमार सिंह र सरोज मण्डल तथा समानुपातिकतर्फ केशवकुमार झा, उषाकुमारी मण्डल, विनोदकुमार मण्डल, रिका मेहता, महेन्द्र खंग खत्वे, विनोदकुमार सिंह, लक्ष्मीप्रसाद मण्डल, भोलाप्रसाद मुखिया, विनादेवी राय र मालती सदाको नाम सिफारिस भएका छन् । 

यस्तै क्षेत्र नम्बर २ (ख) बाट प्रत्यक्षतर्फ शैलेश चौधरी, शम्भुप्रसाद यादव र शरदसिंह यादव तथा समानुपातिकतर्फ पुनमकुमारी यादव, रेणुकुमारी मण्डल र उजला सरवरियाको नाम सिफारिस गरेको पार्टी स्रोतले जनाएको छ ।

बुधबार २२ भदौ २०७९ १२:१८ PM मा प्रकाशित

प्रतिक्रिया