×

गठबन्धनलाई निरन्तरता दिनु आजको आवश्यकता : यादव

images

जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिनुपर्ने आजको आवश्यकता भएको बताउनुभएको छ ।   

पर्साको वीरगञ्जमा आज जसपाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले साझेदार गठबन्धनबाट  जसपालाई उचित स्थानसमेत दिनुपर्ने बताउनुभयो । जसपाको हैसियतअनुसार सिट बाँडफाँट नगरिए जसपा एक्लै चुनाव लड्ने उद्योष गर्दै त्यहीअनुसारको तयारीमा लाग्न नेता कार्यकर्तालाई यादवले निर्देशनसमेत दिनुभयो । 

सङ्घीयता र गणतन्त्रको जननी मधेसी दल रहेको दाबी गर्दै यादवले मधेस र मधेसवासीको पहल कदमीका कारण  मुलुकमा सङ्घीयता र गणतन्त्र आएको बताउनुभयो । त्यसैले सङ्घीयता, गणतन्त्रलगायतका प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्ने मुख्य अभिभारा जसपाकै भएको उल्लेख गर्नुभयो । 

बुधबार २२ भदौ २०७९ ०७:५८ PM मा प्रकाशित

प्रतिक्रिया