×

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा हिरोशिमा सहरमा रहेको सङ्ग्रहालयको अवलोकन (तस्बिरसहित)

images

जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आणविक बम खसालिएको हिरोशिमा सहरमा रहेको सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ ।

दोस्रो विश्वयुद्धको क्रममा अमेरिकाले दुई जापानी सहर हिरोशिमा र नागासाकीमा परमाणु बम खसालेको थियो ।

प्रचण्ड पाँच दिने भ्रमणका लागि अस्ति जापान जानु भएको हो ।  नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान जानु भएका प्रचण्ड आउँदो २५ गते स्वदेश फर्कनुहुनेछ ।

तस्बिर

तस्बिर : फेसबुकबाट

आइतबार​ २२ साउन २०७९ ११:४८ AM मा प्रकाशित

प्रतिक्रिया