×

पशुपतिको अतिक्रमण गरिएका जग्गा फिर्ता गरेरै छाड्छौँ : मन्त्री आले

images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिरका नाममा भएका तर अतिक्रमण गरिएका जग्गा फिर्ता ल्याइने बताउनुभएको छ । 

भूकम्पका कारण भत्किएको पशुपतिनाथमा रहेको विश्वरूपा मन्दिर र सतलको आज मङ्गलवार पुनर्निर्माणको उद्घाटन उहाँले भन्नुभयो, ‘सरकारी सम्पत्ति र भगवानको जमिन कसैले मिच्न र अतिक्रमण गर्न पाइँदैन, अतिक्रमण भएका सबै जग्गा फिर्ता गरेरै छाड्छु ।’

मन्त्री आलेले राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालमा निर्माण भएको विश्वरूपा मन्दिर २०७२ सालको भूकम्पमा भत्किएको र अब चाँडै पुनर्निर्माण हुने बताउनुभयो । अरूभन्दा भिन्न विशेषता भएको यो मन्दिर पुनर्निर्माण भए यहाँ धेरै पर्यटक भित्रिने हुँदा चाँडो निर्माण कार्य सक्न निर्माण व्यवसायीलाई मन्त्री आलेले आग्रह गर्नुभयो ।

यो मन्दिर ४५ करोड रुपैयाँको लागतमा पुनर्निर्माण हुन लागेको हो । 

मङ्गलबार २४ जेठ २०७९ ०५:२५ PM मा प्रकाशित

प्रतिक्रिया