जनकपुरधाम । जनमतका प्रदेश सांसद सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई आज मुख्यमन्त्री नियुक्त गरेकी हुन् । जनमतको नेतृत्वमा बनेको सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लागेको छ । सत्ता साझेदार दलहरुमध्ये सबैभन्दा ठूलो दल एमालेलेले चार मन्त्रालय पाउने भएको छ। सरकारको नेतृत्वको तयारीमा रहेको जनमतले मुख्यमन्त्री बाहेक अर्को एक मन्त्रालय मात्रै पाउने सहमति छ।
भट्टराईका अनुसा एमालेले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र युवा तथा खेलकुद, माओवादीले अर्थ र उद्योग बाणिज्य तथा पर्यटन, नेकपा एकीकृत समाजवादीले ऊर्जा, सिंचाइ तथा खानेपानी र कृषि, प्रदेश सभामा एक/एक सिट रहेका नागरिक उन्मुक्ति र नेपाल समाजवादी पार्टीले क्रमशः श्रम तथा यातायात र गृह र संचार तथा कानुन मन्त्रालय लिने सहमति ६ दलबीच भएको छ।
मुख्यमन्त्री पाएकाे जनमतले भने वन मन्त्रालय मात्रै पाउने सहमति ६ दलले गरेका छन्।
प्रतिक्रिया