×

आजको मौसम --मधेस र कोशी प्रदेशमा आंशिक बदली रहने 

images


काठमाडौं । आज(शुक्रवार) मधेश र कोशी प्रदेश लगायत देशको पहाडी भूभाग आंशिक बदली रहने सम्भावना रहेको छ । बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाको भनाई  छ ।
महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको  पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै, शुक्रवार राती कोशी प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिक बदली रहने सम्भावना रहेको छ ।  बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहने छ ।
 

शुक्रबार​ २४ चैत २०७९ १०:५६ AM मा प्रकाशित

प्रतिक्रिया