×

मकवानपुरगढीमा झोलुङ्गेपुल निर्माण

images

खोलामा पुल नहँुदा लामो समयदेखि समस्या भोग्दै आएका मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका–१ मा झोलुङ्गेपुल निर्माण गरिएको छ । 

वडा नं १ मा रहेको वुदुने खोलामा रु ५० लाख १६ हजार ११३ को लागतमा उक्त पुल निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । एक सय १८ मिटर लम्बाइ रहेको सो पुलको उद्घाटन गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले आज गर्नुभएको हो । गाउँपालिकाको आर्थिक र राडो नेपालको प्राविधिक सहयोगमा निर्माण भएको उक्त पुलको निर्माणबाट वडा नं १ का उक्त क्षेत्रका ३०९ घरपरिवार लाभान्वित भएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिनुभयो ।

साथै पुलको निर्माणले त्यहाँको चालिसे तथा जिम्मर खोला समेट्ने गरी पुलको निर्माण भएकाले स्थानीय बासिन्दालाई आउने र जाने समस्या हटेको बताइएको छ । 

बुधबार २२ असार २०७९ ०६:४१ PM मा प्रकाशित

प्रतिक्रिया