काठमाडौं । संसद्को गतिरोध अन्त्यका लागि बसेको विपक्षी दलहरूको बैठक सकिएको छ । बैठकमा भिजिट भिसा प्रकरणबारे सरकारले छानबिन समिति बनाएर अघि बढ्ने प्रतिबद्धता अघि सार्नुपर्ने निष्कर्षमा नेताहरू पुगेका छन् । भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ देखि जारी अवरोधबारे छलफल भएको थियो ।
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालको कार्यकक्षमा बसेको उक्त बैठकमा माओवादीसँगै रास्वपा, एकीकृत समाजवादीका नेताहरूको सहभागिता छ । प्रतिनिधिसभा बैठक पछिल्लोपटक सरेकाे सर्यै छ । प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गरिरहेका छन्। बैठकमा माओवादीबाट दाहाल, वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याल, डा स्वर्णिम वाग्ले, सन्तोष परियार, विराजभक्त श्रेष्ठ, हरि ढकाल, नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र पाण्डे, शेरबहादुर कुँवर, आम जनता पार्टीका प्रभु साहलगायत सहभागी थिए।
यही कारणले प्रतिपक्षीहरूले सदनमा अवरोध गर्दै आएका छन्। आज दिउँसो १ बजे बोलाइएको बैठक अझै बस्न सकेको छैन।
प्रतिक्रिया