×

आजको मौसम -- कर्णाली प्रदेश आंशिक बदली रहने 

images


काठमाडौं । आज(बिहीवार) कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहने सम्भावना रहेको छ । त्यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा आंशिक

बदली रहनेछ । बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार कर्णाली, गण्डकी र कोशी प्रदेशको  पहाडी भूभागका एक–दुई स्थानमा भने मेघ गर्जनसहित क्षणिक वर्षा हुने सम्भावना रहेको छ । उक्त स्थानमा

चट्याङ पर्न सक्ने पनि महाशाखाको अनुमान छ  । त्यस्तै, बिहीवार राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
 

बिहीबार २३ चैत २०७९ ११:१० AM मा प्रकाशित

प्रतिक्रिया