×

देशलाई कुशासनबाट मुक्त गर्नुपर्र्छ : अध्यक्ष लिङ्देन

images

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई कुशासन र विकृतिबाट मुक्त बनाउनुपर्ने बताउनुभएको छ । राप्रपा मोरङद्वारा आज यहाँ आयोजित आमसभामा उहाँले देश र धर्म जोगाउने मानिसले कहिले पनि पछुताउनु नपर्ने बताउनुभयो । उहाँले सामान्य आँखाले हेरे जस्तो देश अहिले नरहेको स्पष्ट पार्दै देश असफल बत्रेतर्फ उन्मुख भइरहेको चर्चा गर्नुभयो । 

विगत ३१ वर्षदेखि राजनीतिक दलहरुकै कारण देशमा समस्या उत्पत्र भएको भन्दै उहाँले भत्रुभयो, “अब नेपाली जनताले नेतृत्व र व्यवस्थाको विकल्प खोज्नुपर्छ ।”

पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा भ्रष्टाचार र महँगी बढेको भन्दै रोजगारी नहुँदा युवा विदेशिएको बताउनुभयो । महामन्त्री प्रह्लाद साहले सरकारले बन्द कारखाना सञ्चालन गर्नुपर्ने र रोजगारी सिर्जना गरी उत्पादन बढाउनुपर्ने बताउनुभयो ।   

 कार्यक्रमा नायिका रेखा थापा, सो पार्टीका केन्द्रीय सदस्य केदार कोइराला, नवप्रवेशी दिलीप धाडेवाल र जिल्ला अध्यक्ष माधव आचार्यले पनि राप्रपाले आम नेपाली जनताका भावना र चाहनानुसार काम गर्नेमा जोड दिनुभयो ।

बुधबार २३ चैत २०७८ ०८:०१ PM मा प्रकाशित

प्रतिक्रिया