×

दोश्रो कर्णाली चलचित्र कार्यशाला २०८० सुर्खेतमा सुरु

images

दोश्रो कर्णाली चलचित्र कार्यशाला २०८० सुरु भएको छ । बुधबारबाट सुर्खेतको वीरेन्द्रनगरमा यो कार्यशाला शुभारम्भ भएको हो । केवी इन्टरटेनमेण्ट एण्ड ग्रुप प्रा.लि.को आयोजना एवं चलचित्र विकास बोर्डको सह–आयोजनामा कार्यशाला बुधबारबाट शुभारम्भ भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिका ७ नं. वडा अध्यक्ष ध्रुव चपाईले समाजमा रहेका विकृति विसंगतिहरुलाई न्यूनिकरण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘चलचित्र समाजको ऐना भएको हुँदा यस्ले साँस्कृति सन्देशको माध्यम हो । यस्कालागि वडा कार्यालय सहयोगकालागि सँधै तयार रहेको छ ।’

त्यस्तै कार्यक्रममा सुर्खेतका रङ्गकर्मी यामनारायण आचार्यले चलचित्र समाज रुपान्तरणको एउटा पाटो रहेकोले कार्यशाला फलदायी हुने बताउनुभयो । कार्यशालाको सहयोग संस्था नेपाल टेलिकमका प्रेमप्रकाश सिक्देलले चलचित्रले दिने सन्देश लामो समय सम्म रहने बताउनुभयो ।

आयोजक केवी इन्टरटेनमेण्ट एण्ड ग्रुप प्रा.लि. भूपेन्द्र खड्काले कर्णालीमा कला सँस्कृति जोगाउन समस्या रहेको बताउँदै यो कार्यशालाले स्थानीय कलाकारमा निखारता ल्याउने जिकिर गर्नुभयो । कार्यक्रममा संगितकार गंगा केसी एवं रङ्गकर्मी केशव ढकालले आफ्नो अनुभव सुनाउनुभएको थियो ।

कार्यशाला ७ दिन सम्म चल्ने कार्यक्रमका सहजीकरण गर्नुभएका कलाकार तथा निर्देशक निर्मल प्याकुरेलले जानकारी दिनुभयो ।

यो कार्यशालामा चलचित्र विकाश बोर्डका अध्यक्ष एवम् अभिनेता भुवन केसीको मास्टर क्लास रहने छ । अग्रज निर्देशक दयाराम दाहालले यो कार्यशालामा निर्देशन सम्बन्धि विशेष कक्षा रहने आयोजक भूपेन्द्र कुमार खड्काले जानकारी गराउनु भएको छ ।

यस्तै चलचित्र निर्देशक एवम् सञ्चारकर्मी डब्बु क्षत्रीले चलचित्र लेखन तथा निर्देशकको प्रशिक्षण दिनु हुनेछ । यस्तै अभिनेत्री सरिता गिरीको चलचित्र अभिनय सम्बन्धि विशेष कार्यशाला र सञ्चारकर्मी एवम् मेकअप आर्टिष्ट सरिता भारतीको चलचित्रका लागि क्यारेक्टर मेकअप तथा इफेक्ट मेकअप प्रशिक्षण यो कार्यशालामा रहेको छ ।

बुधबार २२ फागुन २०८० १०:०२ PM मा प्रकाशित

प्रतिक्रिया