×

रावल भन्छन रवि लामिछानेमाथि छानबिन गर्नुपर्छ- भीम रावल

images

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले रवि लामिछानेमाथि छानबिन गर्नु पर्ने बताएका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिय संगै  रावलले समाजिक सञ्जाल ट्विटर मार्फत राजनीतिकर्मीले आरोपको तथ्यगत खण्डन गर्ने उल्लेख गर्दै गालीगलौजमा उत्रन नहुने बताएका छन् । 

‘राजनीतिक सिद्धान्त, मूल्य,मर्यादामा विश्वास गर्ने, देश–जनता प्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिकर्मीले आरोपको तथ्यगत खण्डन गर्छ ।  आलोचना सुन्छ, सत्य तथ्य औँल्याउने र गल्तीको आलोचना गर्नेले लोकतान्त्रिक मान्यतालाई मान्छ। गालीगलौजमा उत्रिन्न,यस कसीमा रवि लामिछानेको जाँच गरौँ । ’  लामिछानेले आइतबार पत्रकार सम्मेलन गरेर दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै रवि लामिछानेमाथि छानबिन गर्न रावलको माग छ ।  
 

सोमबार २३ माघ २०७९ ०१:३२ PM मा प्रकाशित

प्रतिक्रिया