×

पहिरोले हाल देशका कुन कुन सडक अवरुद्ध छन् ?

images

काठमाडौँ । काठमाडौँ उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ । बाढी, पहिरो तथा सम्भावित विपद् जोखिमलाई मध्येनजर गरी यात्रुको सुरक्षाको लागि  रातको समयमा विभिन्न  नाका  हुँदै काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरने सवारी साधनको आवत- जावतमा भने रोक  लगाइएको  छ ।   

पहिरो र  बाढीका कारण आवातजावत अवरुद्ध भएका सडकखण्डहरू:

१- कान्ति लोकपथमा पर्ने मकवानपुरको भिमफेदी गाउँपालिका ८ बगुवा र भर्‍याङडाँडा तथा बकैया गाउँपालिका ११ सिमात र घट्टेपाखामा पहिरो खस्दा सवारी आवागमन रोकिएको छ ।

२- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरी बजार नजिकै  रहेको  खोलाको  पुलमा बाढीको प्रभाव परेकोले सिस्नेरी-काठमाडौँ सडक अवरुद्ध भएको छ । 

३- विपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ११ माम्तीखोला , बुलढुंगा  र मंगलटार खोलामा आएको बाढीले  सडक  कटान  गरेकाले आवत-जावत  अवरुद्ध भएको छ ।  

४- कोशी राजमार्गमा पर्ने संखुवासभाको मकालु गाउँपालिका ३ एकुवा र भोटखोला गाउँपालिका ४ बरूणमा खसेको पहिरोका कारण सवारी साधन आज पनि चल्न सकेका छैनन् ।

५- पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाईकुण्ड गाउँपालिका २ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानीमा खसेको पहिरोको कारण सवारी साधन चल्न सकेका छैनन् । 

६- रसुवाको गोसाईकुण्ड गाउँपालिका २ रसुवागढी स्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा गत असार २४ गते आएको बाढीले क्षति पुर्‍याएकाले सवारी आवागमन अवरुद्ध रहेको छ ।

७- मध्य पहाडी लोकमार्गमा पर्ने सिन्धुलीको फिक्कल गाउँपालिका ६ नागस्थानमा  सडकमा खसेको  पहिरोले  गर्दा सवारी आवागमन  प्रभावित  भएको  छ ।  

 

आइतबार​ १९ असोज २०८२ ०८:११ PM मा प्रकाशित

प्रतिक्रिया