निर्वाचन आयोगले पालिका चुनाव–२०७९ मा खर्च नभएको १ अर्ब ५० करोड रुपैयाँ अर्थ मन्त्रालयलाई फिर्ता गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार खर्च नभएको डेढ अर्ब रुपैयाँ फिर्ता गरेको हो ।
खर्च नभएको रकम अझै बढ्न सक्ने आयोगको अनुमान छ । आयोगले पालिका चुनावका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड रुपैयाँ बजेट माग गरेको थियो ।
तर मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको थियो । अहिलेसम्म ६ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको देखिएको आयोगले जनाएको छ ।
७ सय ५३ पालिकामध्ये बाजुराको बूढीगङ्गामा स्थगित भएको चुनाव पर्सि बिहीबार हुँदैछ । वैशाख ३० गते मतदानका क्रममा विवाद भए पछि बसेको सर्वदलीय बैठकमा असार २३ गते चुनाव गर्ने सहमति भएको थियो ।
यसअघि २०७४ सालमा तीन चरणमा भएको चुनावमा झन्डै सात अर्ब रुपैयाँ खर्च भएको थियो । निर्वाचन आयोगका प्रवक्ता पौडेलका अनुसार यसपालि निर्वाचन सामग्री खरिद र ढुवानीमा मितव्ययीता तथा मतदाता शिक्षामा घरदैलो नगर्दा विगतमा भन्दा केही खर्च घटेको हो ।
प्रतिक्रिया