काठमाडौं । सशस्त्र प्रहरी बलका १५ जना वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा र ८ जनाको पदस्थापना गरिएको छ । गृह मन्त्रालयले १५ जना वरिष्ठ उपरीक्षकको सरुवा र ८ जनाको पदस्थापना गरेको हो । सरुवा हुनेहरूमा सशस्त्र प्रहरी बल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट विनोद राज श्रेष्ठलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा सरुवा गरिएको छ । सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोमा किरण ढुङ्गानालाई सरुवा भएका छन् ।
सशस्त्रको प्रधान कार्यालयको मानवस्रोत विभागमा रहेका भूपेन्द्र केसी भण्डार महाशाखामा र कार्य विभागमा सुधीर जंग थापालाई सरुवा गरिएको छ । यस्तै सीमा सुरक्षा विभागमा कार्यरत रविन राज कर्णजितलाई कार्य विभागमा र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका भरत खनियालाई सीमा सुरक्षा विभागमा लगिएको छ ।
त्यसैगरी, जहार सिंह बुढा मगरलाई एपीएफ कमाण्ड तथा स्टाफ कलेज र जनक पुरीलाई युएन शान्ति स्थापना तालिम शिक्षालय ककनीमा सरुवा गरिएको छ । यसैगरी कमल प्रसाद तिउसीना, उद्धव बहादुर न्यौपाने, गंगाराम श्रेष्ठ, विकास घिमिरे, यादव विश्वकर्मा, टोप बहादुर खनाल र अशोक कुमार बमपनि सरुवा भएका छन् ।
यस्तै मन्त्रालयले ८ जना एसएसपीहरूको विभिन्न बाहिनी र विभागहरुमा पदस्थापना समेत गरेको छ । पदस्थापन हुनेहरूमा दीपक कुमार थापा, प्रबन्ध महाशाखा, प्रधान कार्यालय, सुधीर सुवेदी मानवस्रोत विभाग, प्रधान कार्यालय, महेश केसी नं. १ बराह बाहिनी मुख्यालय, सुनसरी, प्रकाश कुमार सुवेदी नं. ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेत, चित्राङ्गत दाहाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय, कैलाली, सुभाष भण्डारी नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरी, प्रदिप सिंह कार्की नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्की र संजय भट्टराई नं. ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुर छन् ।






प्रतिक्रिया