चोभार सुक्खा बन्दरगाह आजदेखि सञ्चालनमा

    images

      काठमाण्डाैकाे । चोभारमा बनेको सुक्खा बन्दरगाह आज मङ्गलवारदेखि सञ्चालनमा आएको छ । बन्दरगाहको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो । 

      प्रधानमन्त्री देउवाले वीरगञ्ज नाका हुँदै काठमाण्डाैका लागि मालवस्तु बोकेर आएका तीन वटा कन्टेनरलाई भित्राएर बन्दरगाहको उद्घाटन गर्नुभएको हो । अब नेपालका विभिन्न देशबाट भित्रिएका ट्रक तथा कन्टेनरलाई सिधै चोभारमा ल्याएर भन्सार जाँच पास गर्न सकिने भएको छ । यस्तै विदेश निर्यात गर्ने सामानको भन्सार जाँच पास पनि चोभारबाटै हुनेछ । 

      यसअघि काठमाण्डौ र आसपासका जिल्लाका लागि आयात भएका सामान पनि सीमावर्ती क्षेत्रका भन्सारमै जाँच पास गर्नुपर्दा लोड/अनलोड लगायतको समस्या थियो । 

      चोभार बन्दरगाहमा पाँच सय वटा ट्रक तथा कन्टेनर पार्किङको सुविधा तथा भन्सार कार्यालय, क्वरेण्टीन, सुरक्षाचौकी लगायतको सुविधा रहेको छ । चोभार बन्दरगाह निर्माणका लागि विश्व बैंकले एक अर्ब ५४ करोड रुपैयाँ ऋण सहयोग गरेको छ । 

        मङ्गलबार २२ चैत २०७८ ०४:५५ PM मा प्रकाशित

        प्रतिक्रिया