×

८ दलीय सत्ता गठबन्धनको बैठक बस्दै

images

काठमाडौँ । आठ दलीय सत्ता गठबन्धनको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ४ बजे बस्ने बैठकमा मन्त्रिमण्डल विस्तार तथा राष्ट्रपति निर्वाचनका बारेमा छलफल हुने बताईएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति पदको उम्मेदवारमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने गरी आठ दलीय गठमन्धन बनेपछि सरकारबाट नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहिरिएका छन । एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्हालि रहेका मन्त्रालय अहिले प्रधानमन्त्री दाहाल आफैले सम्हालिरहेका छन् ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लगत्तै मन्त्रिपरिषद् विस्तार हुने गरी दलहरुबीच भागवण्डा मिलाउन प्रधानमन्त्री   प्रचण्डले सत्ता साझेदार दलका नेताहरुसँग परामर्श गरिरहेका छन् । 

आइतबार​ २१ फागुन २०७९ ११:२५ AM मा प्रकाशित

प्रतिक्रिया