काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले काभ्रे-रोसी, मनोहरा- काठमाडौं, बागमती- काठमाडौं, लालबकैया- मकवानपुरमा जलसतह सतर्कता तह माथि र बढ्दोक्रममा रहेको जानकारी दिएको छ ।
त्यस्तै बागमती प्रदेश र मधेश प्रदेश भएर बहने प्राय सवै नदी नाला सतर्कता तह नजिक र बढ्दोक्रममा रहेको र आज साँझ र राती जोखिम थप बढ्ने जानकारी दिएको छ ।
शनिबार मधेश र बागमती प्रदेशका जिल्लाहरुमा हल्का देखि माध्ययम बर्षा मापन भएको र कोशी प्रदेशको धेरै जसो जिल्लाहरुमा हल्का वर्षा मापन भएको छ ।
प्रतिक्रिया