×

गठबन्धनका नेताहरूलाई जथाभाबी नबोल्न ओलीको चेतावनी

images

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलका नेताहरूलाई अमेरिकासँग भएको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) को विषयमा आफूलाई आरोप नलगाउन चेतावनी दिनुभएको छ । 

आज साेमवार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धन दलका नेताहरूले आफू प्रधानमन्त्री हुँदा नै सुटुक्क एसपीपीमा हस्ताक्षर गरेको भ्रम फैलाइरहेको भन्दै जथाभाबी नबोल्न चेतावनी दिनुभएको हो । ओलीले एसपीपीबारे कहिले के भयो भन्ने विषयमा पनि संसदमा तर्क पेस गरिरहनुभएको छ । यसअघि उहाँले सरकारले हरेक क्षेत्रमा अत्ति नै गर्न थालेको आरोप लगाउनुभयो । 

यसअघि आफ्नो सरकार हुँदा नेपाली कांग्रेसका नेता गगन थापाले अब त अत्ति भयो अर्थात् 'इनफ इज इनफ' भनेको कुरातर्फ सङ्केत गर्दै ओलीले भन्नुभयो,  ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ, इनफ इज इनफ, अब चाहिँ अति नै भयो ।’

सोमबार २० असार २०७९ ०२:०७ PM मा प्रकाशित

प्रतिक्रिया