×

अर्थ मन्त्रीमा 'आई एम द स्टेट' भन्ने दम्भ देखियो : ओली

images

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो आर्थिक वर्षको बजेट अब बजेट नरहेको बताउनुभएको छ । 

आज साेमवार संसदमा बोल्दै अध्यक्ष ओलीले बजेट बनाउँदाका सबैजसो मूल्य, मान्यता अर्थ मन्त्री जनार्दन शर्माले मिचेको भन्दै यसलाई बजेट भन्न अफ्ठेरो भएको बताउनुभयो । बजेट निर्माणको प्रक्रियामा नै मूल्य, मान्यता तोडिएको र अनधिकृत व्यक्ति प्रवेश गराएर करका दरमा अर्थ मन्त्रीको बेइमानी देखिएको ओलीको आरोप छ ।  

‘प्रमुख प्रतिपक्षी दल, संसद्को सबैभन्दा ठूलो दल संसदमा छ, संसदबाट हामीले सीसीटीभी फुटेज माग गर्‍याैँ तर अर्थ मन्त्रीले त को हो एमाले भन्ने जवाफ दिए, म नै राज्य हुँ, कसले के गर्न सक्छ भन्ने हिसाबले जवाफ आयो, यो कस्तो संसदीय प्रणाली हो ?’, ओलीले भन्नुभयो । उहाँले अर्थ मन्त्रीमा 'आई एम द स्टेट' भन्ने दम्भ पलाएको आरोप लगाउनुभयो । 

देशको अर्थतन्त्रको विरुद्ध अहिलेसम्म विश्वमै यस्तो विकृति कतै पनि नदेखिएको ओलीको दाबी छ । याे देशकाे नभइ व्यापारीकाे बजेट भएकाे उहाँकाे भनाइ थियाे । 

सोमबार २० असार २०७९ ०२:२९ PM मा प्रकाशित

प्रतिक्रिया