नेपाली कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्थालाई अधिवेशन तथा महाधिवेशन स्थगित गर्न निर्देशन दिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति निकालेर भ्रातृ तथा शुभेच्छुक संस्थालाई अधिवेशन तथा महाधिवेशन अहिलेका लागि स्थगित गर्न जानकारी गराउनुभएको हो ।
सभापति शेरबहादुर देउवाले पालिका चुनावको समयमा अधिवेशन तथा महाधिवेशन स्थगित गर्न भ्रातृ तथा शुभेच्छुक संस्थालाई निर्देशन दिनुभएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पालिका चुनावको प्रचारप्रसारमा खटिनुपर्ने भएकोले चुनाव आसपास अधिवेशन तथा महाधिवेशन गर्न नसकिने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा पालिका चुनावको अन्तिम परिणाम प्राप्त भएलगत्तै आ–आफ्नो कार्यसमितिको बैठक बसी अधिवेशन र महाधिवेशनको कार्यतालिका तय गर्ने जनाइएको छ ।
प्रतिक्रिया