काठमाडौं। सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प मापन भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान १०:१७ बजे भूकम्प गएको हो ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित तीनकुण्ड केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको हो ।
उक्त भूकम्प काठमाडौं, भक्तपुर, ललितपुर लगायत आसपासका जिल्लामा पनि महसुस भएको थियो । केन्द्रका अनुसार यो ०७२ सालमा गएको विनाशकारी ‘गोरखा भूकम्प’कै परकम्प भएको वताय । ।
प्रतिक्रिया