काठमाडौँ (ईसञ्चारपाटी)। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नै कार्यकर्तालाई आन्दोलनकारीको रूपमा सडकमा उतारेर सिर्जना गरिएको हिंसाको दोष अरूमाथि थोपर्ने प्रयास भइरहेको आरोप लगाएका छन्।
हालैका राजनीतिक घटनाक्रम र प्रदर्शनहरूबारे प्रतिक्रिया दिँदै महासचिव पोखरेलले राजनीतिक स्वार्थका लागि आफ्ना कार्यकर्तामार्फत अशान्ति फैलाउने र त्यसको जिम्मेवारी विपक्षी वा अन्य पक्षलाई दिएर राजनीतिक लाभ लिन खोज्नु गम्भीर चिन्ताको विषय भएको बताए।
उनले फेसबुकमा लेखेका छन्,, "आफ्ना असफलता ढाकछोप गर्न र राजनीतिक प्रतिशोध साध्न आफ्नै मान्छेलाई आन्दोलनमा प्रयोग गर्ने अनि हिंसाको सम्पूर्ण दोष अरूको टाउकोमा थुपार्ने प्रवृत्ति लोकतान्त्रिक आचरणभित्र पर्दैन। यस्ता गतिविधिले मुलुकमा राजनीतिक अस्थिरता र भ्रम मात्र फैलाउँछ।"
पोखरेलले घटनाको निष्पक्ष छानबिन गरी हिंसात्मक गतिविधिमा संलग्न वास्तविक दोषीहरूलाई कानुनी दायरामा ल्याउन माग गरे। साथै, जनतालाई भ्रमित पार्ने राजनीति बन्द गरी देशमा शान्ति, सुशासन र स्थिरता कायम गर्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए।
प्रतिक्रिया