नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । देउवाले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् ।
केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना गठनका सम्बन्धनमा छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएको बालुवाटार स्रोतले जानकारी दिएको छ । कांग्रेसले असार २७ गते दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बोलाएको छ ।
स्रोतका अनुसार बैठकमा पछिल्लो समय शेखर कोइराला समूहले देउवामाथि लगाएका पाँच आरोपबारे पनि छलफल हुनेछ । शेखर समूह पनि उक्त कुरा लिएर पदाधिकारी बैठकमा जाने तयारीमा छ ।
कोइराला पक्षीय सहमहामन्त्री जीवन परियारले आफूले उठाएका मुद्दा पदाधिकारी बैठकमा पनि उठाउने बताए ।
प्रतिक्रिया