×

आजको मौसम- पहाडी भूभागमा आंशिक बदली

images

काठमाडौँ – नेपालमा आज पहाडी भूभागमा आंशिक बदली भएको छ । आज दिउँसोदेखि भोलि दिउँसोसम्म प्रदेश १ र गण्डकी प्रदेशका केही भू–भागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

भोलि राति प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीको सम्भावना छ । पर्सि आइतबार भने प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

शुक्रबार​ २० माघ २०७९ ११:५५ AM मा प्रकाशित

प्रतिक्रिया