×

एमालेले पोखरामा जेनजीका कार्यक्रम बिथोल्ने प्रयास गर्‍यो- सुदन गुरुङ

images

हामी नेपालका संस्थापक सुदन गुरुङले पोखरामा आफूहरूले गर्न लागेको कार्यक्रम नेकपा एमालेले बिथोल्ने प्रयास गरेको आरोप लगाएका छन्। गुरुङले आज बिहान फेसबुकमा स्टाटस लेख्दै एमालेले रोक्न खोजे पनि पोखराको कार्यक्रम नरोकिने उल्लेख गरेका छन्।  

‘पोखरामा जेनजी भाइबहिनीहरूको संगठन बलियो बनाउन र देशप्रेमी पोख्रेली आमाबुबालाई दाजुभाइ तथा दिदीबहिनीहरू भेट्न हामी पोखरा निस्कियौं,’ गुरुङले सामाजिक सन्जालमा लेखेका छन्, ‘र हामी आउने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको खबर पाएँ ।’

तर, यसले आफ्नो कदम नरोक्ने चेतावनी उनले दिएका छन् । ‘किनकि हामी हिजो देशका लागि लडेर आएका हौं, आज अरू कसैसँग सामना गर्न डराउने प्रश्नै छैन,’ उनले लेखेका छन् ।

तर यसले आफूहरूको कदम नरोकिने गुरुङले बताएका छन् । ‘हाम्रो कदम रोक्दैन, किनकि हामी हिजो देशका लागि लडेर आएका हौँ, आज अरू कसैसँग सामना गर्न डराउने प्रश्नै छैन’, गुरुङले भनेका छन्, ‘हामी सधैँ सत्य र देशको पक्ष उभिन्छौँ, हामी आफ्ना जेनजी दाजुभाइ–बहिनीका आवाजसँग जोडिन्छौँ र अझ बलियो हुन्छौँ, हामी झन्डा गर्वले उचाल्छौँ, झन्डा उठाएर, शिर ठाडो पारेर हामी ।’ पोखरामा गुरुङलाई सोमबार सम्मान कार्यक्रम राखिएको बताइएको छ ।

sudan

सोमबार १६ मंसिर २०८२ १२:३६ PM मा प्रकाशित

प्रतिक्रिया