×

घट्यो सुनको मूल्य

images

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २७ सय रुपैयाँले घट्दै १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको हो । 


यस्तै आज तेजावी सुनको मूल्य पनि तोलामा २७ सय रुपैयाँले नै घट्दै १ लाख ३३ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


यता चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले घट्दै १ हजार ६ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।  

बुधबार १८ बैशाख २०८१ ०९:१५ PM मा प्रकाशित

प्रतिक्रिया