रातको समयमा काठमाडौं प्रवेशमा रोक – EsancharPati
रातको समयमा काठमाडौं प्रवेशमा रोक

रातको समयमा काठमाडौं प्रवेशमा रोक

काठमाडौं। गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेशनाकामा यात्रा आवागमनमा रोक लगाएको हो ।

उपत्यका भित्रिने धेरै यात्रुहरुमा कोभिड १९ पोजिटिभ देखिएको भन्दै नाकामा यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गराउने मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बिहीबार विज्ञप्तिमार्फत जनाएका छन् ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares