कोरोना कहर:विश्वभर ९१ लाख १० हजार बढी उपचारपछि निको – EsancharPati
कोरोना कहर:विश्वभर ९१ लाख १० हजार बढी  उपचारपछि निको

कोरोना कहर:विश्वभर ९१ लाख १० हजार बढी उपचारपछि निको

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ५० लाख ९४ हजार ६१० पुगेको छ भने मृत्यु हुनेको संख्या पनि ६ लाख १९ हजार ५२० पुगेको छ ।

हालसम्म ९१ लाख १० हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ३७ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । जसमा अमेरिकामा मात्रै ६७ हजार भन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् ।

योसँगै अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४० लाख २८ हजार ५६९ पुगेको छ । त्यहाँ हालसम्म १ लाख ४४ हजार ९५३ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म २१ लाख ६६ हजार ५३२ जना संक्रमित हुँदा ८१ हजार ५९७ जनाको मृत्यु भएको छ ।

भारतमा हालसम्म ११ लाख ९४ हजार ८५ संक्रमित हुँदा २८ हजार ७७० जनाको मृत्यु भएको छ । रुसमा ७ लाख ८३ हजार ५२८ संक्रमित हुँदा १२ हजार ५८० जनाको मृत्यु भएको छ ।

साउथ अफ्रिकामा ३ लाख ८१ हजार ७९८ जना संक्रमित हुँदा ५ हजार ३६८ जनाको मृत्यु भएको छ । पेरुमा ३ लाख ६२ हजार ८७ जना संक्रमित हुँदा १३ हजार ५७९ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ३ लाख ५६ हजार २५५ जना संक्रमित हुँदा ४० हजार ४०० को मृत्यु भएको छ । चिलीमा ३ लाख ३४ हजार ६८३ संक्रमित हुँदा ८ हजार ६७७ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ३ लाख १३ हजार २७४ पुगेको छ भने २८ हजार ४२४ जनाको मृत्यु भएको छ ।

बेलायतमा हालसम्म ४५ हजार ४२२ जनाको मृत्यु भएको छ भने २ लाख ९५ हजार ८१७ जना संक्रमित रहेका छन् । यता, इरानमा २ लाख ७८ हजार ८२७ जना संक्रमित हँदा १४ हजार ६३४ जनाको मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ६६ हजार ९६ संक्रमित हुँदा ५ हजार ६३९ जनाको ज्यान गएको छ ।

साउदी अरबमा २ लाख ५५ हजार ८२५ हजार संक्रमित हुँदा २ हजार ५५७ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ४४ हजार ७५२ पुग्दा ३५ हजार ७३ जनाको मृत्यु भएको छ ।

टर्कीमा २ लाख २१ हजार ५०० संक्रमित हुँदा ५ हजार ५२६ को ज्यान गएको छ । बंगलादेशमा हालसम्म २ लाख १० हजार ५१० संक्रमित हुँदा २ हजार ७०९ को मृत्यु भएको छ । जर्मनीमा २ लाख ३ हजार ८९० जना संक्रमित हुँदा ९ हजार १८० जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ७७ हजार ३३८ हुँदा ३० हजार १६५ जनाको मृत्यु भएको छ ।

चीनमा पछिल्लो २४ घण्टामा १४ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार ७०७ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा २५ हजार ७३६ जना संक्रमित हुँदा ९८८ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १७ हजार ९९४ जना संक्रमति फेला पर्दा १२ हजार ४७७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ४१जनाको निधन भइसकेको छ ।

Share This
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares