कोरोना कहर: विश्वभर ८७ लाख ३६ हजार भन्दा धेरै उपचारपछि निको – EsancharPati
कोरोना कहर: विश्वभर  ८७ लाख ३६ हजार भन्दा धेरै उपचारपछि निको

कोरोना कहर: विश्वभर ८७ लाख ३६ हजार भन्दा धेरै उपचारपछि निको

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ४६ लाख ४५ हजार ९४७ पुगेको छ । मृत्यु हुनेको संख्या पनि ६ लाख ८ हजार ९४२ पुगेको छ ।

हालसम्म ८७ लाख ३६ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाख १९ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । जसमा अमेरिकामा मात्रै ६५ हजार भन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् । योसँगै अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३८ लाख ९८ हजार ५५० पुगेको छ । यहाँ हालसम्म १ लाख ४३ हजार २८९ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा हालसम्म २० लाख ९९ हजार ८९६ जना संक्रमित हुँदा ७९ हजार ५३३ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ११ लाख १८ हजार १०७ संक्रमित हुँदा २७ हजार ५०३ जनाको मृत्यु भएको छ ।

रुसमा ७ लाख ७१ हजार ५४६ संक्रमित हुँदा १२ हजार ३४२ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ३ लाख ६४ हजार ३२८ जना संक्रमित हुँदा ५ हजार ३३ जनाको मृत्यु भएको छ । पेरुमा ३ लाख ५३ हजार ५९० जना संक्रमित हुँदा १३ हजार १८७ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ३ लाख ४१ हजार २२४ जना संक्रमित हुँदा ३९ हजार १८४ को मृत्यु भएको छ । चिलीमा ३ लाख ३० हजार ९३० संक्रमित हुँदा ८ हजार ५५० जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ३ लाख ७ हजार ३३५ पुगेको छ भने २८ हजार ४२० जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४५ हजार ३०० जनाको मृत्यु भएको छ भने २ लाख ९४ हजार ७९२ जना संक्रमित रहेका छन् ।

यता, इरानमा २ लाख ७३ हजार ७८८ जना संक्रमित हँदा १४ हजार १८८ जनाको मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ६५ हजार ८३ संक्रमित हुँदा ५ हजार ५९९ जनाको ज्यान गएको छ । साउदी अरबमा २ लाख ५० हजार ९२० हजार संक्रमित हुँदा २ हजार ४८६ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ४४ हजार ४३४ पुग्दा ३५ हजार ४५ जनाको मृत्यु भएको छ ।

टर्कीमा २ लाख १९ हजार ६४१ संक्रमित हुँदा ५ हजार ४९१ को ज्यान गएको छ । बंगलादेशमा हालसम्म २ लाख ४ हजार ५२५ संक्रमित हुँदा २ हजार ६१८ को मृत्यु भएको छ । जर्मनीमा २ लाख २ हजार ८४५ जना संक्रमित हुँदा ९ हजार १६३ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ७४ हजार ६७४ हुँदा ३० हजार १५२ जनाको मृत्यु भएको छ ।

चीनमा पछिल्लो २४ घण्टामा २२ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार ६८२ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा २४ हजार ६४२ जना संक्रमित हुँदा ९८५ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १७ हजार ६५८ जना संक्रमति फेला पर्दा ११ हजार ६९५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ४० जनाको भने मृत्यु भएको छ ।

Share This
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares