रसुवागढी नाकाबाट सामान आउन थाल्यो – EsancharPati
रसुवागढी नाकाबाट सामान आउन थाल्यो

रसुवागढी नाकाबाट सामान आउन थाल्यो

रसुवा : रसुवागढी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रिन थालेको छ । कोभिड –१९ जोखिमका कारण गत माघ १५ गतेदेखि आवतजावत समेत बन्द रहेको रसुवागढी नाकाबाट ५ महिनापछि सोमबार पहिलो पटक मालसामान आयात भएको सशस्त्र प्रहरी भन्सार सुरक्षा तथा राजस्व २१ नं गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले जानकारी दिए ।

कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी चिनियाँ पक्षले रसुवागढीकोे मितेरी पुलसम्म सामग्री पु¥याईदिएको सीमा क्षेत्रका सरकारी अधिकारीले बताएका छन् । कोरोना भाइरस नियन्त्रण गर्ने उद्देश्यले २ देशका सीमा अधिकारीबीच गत हप्ता भएको सहमति अनुरूप रसुवागढीस्थित मितेरी पुलमा चिनियाँ व्यवसायीले सामग्री ल्याएको बताएको छ ।

Share This
  • 30
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    30
    Shares