भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ हजार नजिक – EsancharPati
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ हजार नजिक

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ हजार नजिक

काठमाडौं :भारतमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या १६ हजार ८९३ पुगेको छ। गत २४ घण्टामा कोरोना भाइरसबाट ४१८ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको सङ्ख्या १६ हजार ८९३ पुगेको मङ्गलबार बिहानभारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सङ्क्रमितको संख्या ५ लाख ६६ हजार ८४० पुगेको मन्त्रालयले जनाइएको छ । गत २४ घण्टामा भारतमा १८ हजार ५२२ जना कोरोना भाइरस संक्रमित भएका छन् ।देशभरी अहिले २ लाख १५ हजार १२५ जना संक्रमित रहेका छन् भने संक्रमणमुक्त हुनेहरुको संख्या ३ लाख ३४ हजार ८२२ पुगेको छ ।

Share This
  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares