कोरोनाको औषधि पतञ्जलीको ‘कोरोनिल’को विज्ञापनमा रोक – EsancharPati
कोरोनाको औषधि पतञ्जलीको ‘कोरोनिल’को विज्ञापनमा रोक

कोरोनाको औषधि पतञ्जलीको ‘कोरोनिल’को विज्ञापनमा रोक

काठमाडौँ, १० असार । भारत सरकारको आयुष मन्त्रालयले पतञ्जलीको आयुर्वेद लिमिडेटले कोरोनाको औषधि भन्दै बजारमा ल्याएको ‘कोरोनिल’को विज्ञापनमा रोक लगाएको छ।

कोरोनाको औषधि भन्दै प्रचार गरिएपछि मन्त्रालयले यसको वैज्ञानिक अध्ययन र सत्यताबारे जानकारी नभएको बताएको छ।

पतञ्जलीले भने यसबारे मन्त्रालयसँग ‘कम्युनिकेसन ग्याप’ भएको प्रतिक्रिया दिएको छ। उसले क्लिनिकल परीक्षण सतप्रतिशत पूरा भएको दावी गरेको छ।

तर, मन्त्रालयले भने यस प्रकारको विज्ञापन कानून बिपरीत हुने जनाएको छ। आपत्ति जनक विज्ञापन कानुन बिपरीत भएकाले यस्तो विज्ञापन रोक लगाइएको मन्त्रालयले जनाएको छ। पतञ्जलीले मंगलबार मात्रै यस्तो प्रचार शुरु गरेको थियो।

भारतमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या १४ हजार पुगेको छ भने चार लाख ४० हजार बढीमा संक्रमण देखिएको छ।

Share This
  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares