नेपालमा थप १ जनाको कोरोना बाट मृत्यु , मृत्यु हुनेको संख्या १५ पुग्यो – EsancharPati
नेपालमा थप १ जनाको कोरोना बाट मृत्यु , मृत्यु हुनेको  संख्या १५ पुग्यो

नेपालमा थप १ जनाको कोरोना बाट मृत्यु , मृत्यु हुनेको संख्या १५ पुग्यो

चितवन, २७ जेठ । भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको मृत्यु भएको हो ।

उनको मंगलबार विहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु अस्पतालले जनाएको छ ।उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ । शवको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय गर्न बाँकी नै रहेकोले प्याकिङको काम भएको छैन ।

भरतपुर महानगरपालिका वडा नं. ११ का ६८ वर्षीय ती वृद्धलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मुट र निमोनियाको समस्यासमेत थियो ।यो सगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउने को संख्या १५ पुगेको छ ।

Share This
  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares