ढिस्कोले पुरिएर एकको मृत्यु – EsancharPati
ढिस्कोले पुरिएर एकको मृत्यु

ढिस्कोले पुरिएर एकको मृत्यु

जेठ १७ । आज कैलालीको गौरीगङ्गा नगरपालिका–८ उदासीमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । घर लिपपोतका लागि माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर गौरीगङ्गा–८ का १८ वर्षीय भुवन बोहराको मृत्यु भएको छ .

उक्त घटनामा सोही ठाउँकी ४० वर्षीया दुर्गा मन्नी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतबाट जानकारी प्राप्त भएको छ ।

Share This
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share