बरिष्ट गीतकार रत्नशमशेर थापाको निधन – EsancharPati
बरिष्ट गीतकार रत्नशमशेर थापाको निधन

बरिष्ट गीतकार रत्नशमशेर थापाको निधन

काठमाडौं– कैयौं कालजायी गीतका लेखक बरिष्ट गीतकार रत्नशमशेर थापाको क्रममा उपचारका क्रममा निधन भएको छ । उनको आज मध्यान्न १२ बजे ८१ वर्षको उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

बुधबार बेलुकी अस्वस्थ भएपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । आज बिहान साढे ११ बजे उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।उनको पीसीआर टेष्टका लागि स्वाब समेत लिइएको छ ।

नारायण गोपाल, तारदेवी, प्रेमध्वज प्रधानदेखि पछिल्ला पुस्तासम्मका कैयौं गायक गायिकाको स्वरमा गीतकार रत्नशमशेरका सैयौं चर्चित गीतहरु छन् । जसमध्ये ‘घुम्तीमा नआउ है’, ‘जाग लम्क चम्क हे नौ जवान हो’ ,’ए कान्छा ठट्टैमा यो बैस जान लाग्यो’,’बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा’ जस्ता कैयौं उनका कालजायी गीतहरु रहेका छन् ।

दिवँगत थापा साहित्यको छोटो बिधा मुक्तक लेखनको शैलीका कारण पनि लोकप्रिय थिए ।लक डाउनका कारण बाहिर निक्सन नसकेका कतिपय सँगीतकर्मीहरुले सामाजिक सञ्जालबाटै उनीप्रति श्रद्धासुमन अर्पण गरेका छन् ।

Share This
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares