स्वास्थ्यमन्त्री भानुभक्त ढकाल होम क्वारेण्टाइनमा – EsancharPati
स्वास्थ्यमन्त्री भानुभक्त ढकाल  होम क्वारेण्टाइनमा

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल होम क्वारेण्टाइनमा

काठमाडौं, १३ जेठ । कोरोना संक्रमितसँग सम्पर्क भएको थाहा पाएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल शुक्रबारदेखि होम क्वारेन्टाइनमा बसेका छन।

मन्त्रालय स्रोतका अनुसार मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रहेकी एक जना बिरामीलाई अस्पतालमै मन्त्री ढकाल भेट्न गयका थिय । ती बिरामीको स्वाब परीक्षण गर्दा शुक्रबार उनमा कोभिड—१९ पोजेटिभ देखिएको थियो । ती महिलालाई अहिले शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा सारिएको छ ।

ती महिलालाई कोरोना संक्रमण पुष्टि हुनुअघि भेट गरेको आधारमै मन्त्री ढकाल होम क्वारेण्टाइनमा बसेका हुन । उनको आफन्त पर्ने भएकाले कोरोना पुष्टि हुनु दुई दिनअघि भेट्न गयका थिय , मन्त्रालय स्रोतले भन्यो , ‘संक्रमित बिरामी भेटेको थाहा पाएपछि मन्त्री आफैं सतर्क भएर क्वारेण्टाइनमा बसेका हुन ।’

मन्त्रालय स्रोतकाअनुसार ढकाल ५ दिनदेखि मन्त्रालय आयका छैनन । मन्त्री ढकालको स्वाब मंगलबार विहान (आज) लिइएको छ । संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएको ५ देखि ७ दिन भित्रमा स्वाब लिएर जाँच गर्दा गुणस्तरीय रिपोर्ट आउने भएकाले आज उनको स्वाब लिइएको हो ।

Share This
  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares