‘लकडाउन’ भन्ने मन्त्रले कोरोना नियन्त्रण हुँदैन – EsancharPati
‘लकडाउन’ भन्ने मन्त्रले कोरोना नियन्त्रण हुँदैन

‘लकडाउन’ भन्ने मन्त्रले कोरोना नियन्त्रण हुँदैन

जेठ १३ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना संक्रमण (कोविड-१९) का
कारण देशव्यापी लकडाउन चैत्र ११ गते देखी निरन्तर जारी छ । आज ६४औं दिन
भईसकेको छ, कती श्रमजिवी, भरिया सुत्केरी एवम् अन्य गरीब तथा दिर्घ रोगिहरु
खाना तथा औषधी खान नपाएर मरिरहेको खबर दिनहुँ जस्तो छापिदैं छ । एता सरकार
देशभित्रका जनतालाई घरभित्र थुनेर र केही धेरथोर संक्रमण परीक्षण गर्दै
लकडाउनका कारण संक्रमण रोक्न एवम् धेरै बढ्न नपाएको भनी झ्याली पिट्दै छ ।

आज यती थपिएछन्, यतीको मृत्‍यु भएछ भनी कुरेर नबसौं । मन्त्रालयको नियमित
प्रेस मीट कुनै खेलकुदको पदक गन्ने निकाय होइन, आज यती पदक बटुले, यती
संख्या पुग्यो भनेर जानकारी दिन । मन्त्रालयबाट निस्चित प्रयोगशालाबाट
प्राप्त तथ्यांकलाई जनता सामु पुर्याउने काम मात्रै भएको छ । सयको अनुपातमा
देखिएको संक्रमण संख्या पर्याप्त रुपमा परीक्षणको दायरा बढाएर हेर्ने हो
भने नेपालमा २४ घण्टाभित्र हजारौं संक्रमित थपिने प्राय निश्चित छ । प्राय
स्थानहरुमा अहिले हरेक पसल अत्यावश्यक वस्तुको पसल भईसकेको छ । खाद्यान्न,
औषधी पसल मात्र नभै लुगा, जुत्ता, भाँडा, हार्डवेअर, रङ, बिजुली, आदी सबै
पसल खुलेआम् खुल्न थालिसकेका छन् । सुरक्षाकर्मी आएको पत्तो पाउनासाथ पसल
बन्द गर्ने, पुन खोल्ने जस्ता कार्य शुरु भईसकेको अवस्थामा सोझा साझा र
निती नियम भित्र बस्नेलाई मात्र लकडाउन लागू हुन्छ भने लकडाउनको पालना गरेर
बस्नु को कुनै अर्थ हुँदैन ।

रातारात सीमाबाट हजारौं लाखौंं संक्रमण भएका र नभएका व्यक्तिहरु नेपाल
भित्रिदैं छन्, सोही अनुपातमा अन्तर जिल्ला एवम् राजधानी प्रवेश भएकै छ ।
त्यसमाथी स्थानिय सरकारहरु पर्याप्त श्रोत साधन छैन भनी आँखा चिम्लिएर
बसिरहेका छन् । ती सीमा बाट आएका तथा राजधानी एवम् देश भित्र हरेक स्थानमा
संक्रमितले लाखौंं व्यक्तिलाई संक्रमण फैलाइसकेका छन् । यसर्थ कोरोना
संक्रमणलाई साधारण बिरामीको रुपमा लिन पर्ने अवस्था आईसक्यो । हरेक
व्यक्तिले आफ्नो सुरक्षा आँफै गर्ने गरी लकडाउन खोल्नै पर्छ, अन्यथा
केहीदिन पछी सरकारसँग आफ्नै निर्णयका कारण उत्पन्न परिस्थितीलाई निरिह भई
हेरेर बस्नुको विकल्प नहुन सक्छ ।

Share This
  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares