×

एसीसी यू-१६ इस्ट जोन कप- मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल फाइलनमा

images

काठमाडौं । आयोजक मलेसियालाई उसकै घरेलु मैदानमा हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो । नेपाल यो प्रतियोगिताको साविक विजेता पनि हो ।

मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा हउसिल गर्‍यो । नेपाललाई जित दिलाउन परिमार्जन यादवले अविजित ५९ रन बनाए । ३५ बल खेलेका उनले ५ चौका र ५ छक्का प्रहार गरे । शिवांश बजगाईले २२ बलमा ५ चौका प्रहार गर्दै नटआउट २३ रन बनाए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसिया ४३.१ ओभरमा ९० रनमा अलआउट भएको थियो । मलेसियाका लागि मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए । कप्तान दियाज पात्रोले १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि अभय यादवले ४ विकेट लिए । सुभम खनालले ३ विकेट, कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले १-१ विकेट लिए । नेपालले उपाधिका लागि हङकङ र सिंगापुरबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल चलिरहेको छ ।

बिहीबार १९ असार २०८२ १२:३४ PM मा प्रकाशित

प्रतिक्रिया