सुर्खेतमा भारतबाट आएका थप १२ जनामा कोरोना पुष्टि, कर्णाली प्रदेशमा संक्रमितको संख्या २३ पुग्यो – EsancharPati
सुर्खेतमा भारतबाट आएका थप १२ जनामा कोरोना पुष्टि, कर्णाली प्रदेशमा संक्रमितको संख्या २३ पुग्यो

सुर्खेतमा भारतबाट आएका थप १२ जनामा कोरोना पुष्टि, कर्णाली प्रदेशमा संक्रमितको संख्या २३ पुग्यो

काठमाडौं,१३ जेठ। सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार वीरेन्द्रनगर नगरपालिकामा एक महिलासहित ८ जना, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा दुई/दुईजना पुरुषमा कोरोना पुष्टि भएको हो ।योसँगै सुर्खेतमा संक्रमितको संक्रमितको संख्या १५ पुगेको छ भने कर्णाली प्रदेशमा २३ पुगेको मन्त्रालयले जनाएको छ ।नयाँ पुष्टि भएका सबै संक्रमित भारतबाट आएका हुन्।

महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार नयाँ थपिएका कोरोना संक्रमित सुर्खेतका वीरेन्द्ररनगर नगरपालिका-१ मा १६ वर्षीय किशोर, वडानम्बर २ मा ३२ वर्षीय महिला र ९ वर्षीय बालकसहित २०, ३२ र ३६ वर्षका पुरुष, वडानम्बर ३ मा ४६ वर्षका पुरुष र वडानम्बर ६ मा २६ वर्षका युवकमा कोरोना पुष्टि भएको छ ।यस्तै पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका-८ मा १६ र १७ वर्षीय दुईजना पुरुष र सिम्ता गाउँपालिका-४ मा ३५ र ४९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जारी गरेको सूचना

Share This
  • 45
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    45
    Shares