बाराका वृद्धको मृत्‍यु संक्रमणका कारण भएको हो भने नेपालमा मृतकको संख्या ४ पुगेको छ – EsancharPati
बाराका वृद्धको मृत्‍यु संक्रमणका कारण भएको हो भने नेपालमा मृतकको संख्या ४ पुगेको छ

बाराका वृद्धको मृत्‍यु संक्रमणका कारण भएको हो भने नेपालमा मृतकको संख्या ४ पुगेको छ

जेठ १२ । बाराको कलैयाका एक ७० वर्षीय वृद्धको वीरगन्जको नेशनल मेडिकल कलेजमा गएको जेठ ४ गते मृत्‍यु भएको छ । उनको स्वाब कलेक्सन गरेर परीक्षणका लागि काठमाडौं पठाइएको थियो जसमा कोरोना संक्रमण रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । यद्धपी उनको कोरोनाको संक्रमणबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयको अफिसियल जानकारी आइसकेको छैन ।

नारायणी अस्पतालका सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायका अनुसार जेठ ४ गते मृत्यु भएका उक्त व्यक्तिको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । मृत्यु भएका व्यक्तिलाई मृगौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । शंकास्पद लक्षण देखिएपछि उनको स्वाब कलेक्सन गरेर परीक्षणका लागि काठमाडौं पठाइएको थियो । मृत्यु भएका उनकाु परिवारले अन्तिम संस्कार पनि गरिसकेको जनाइएको छ । यसअघि पनि नेपालमा कोरोनाको संक्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ । यदी ती ७० वर्षीय मानिसको मृत्‍युको कारण कोरोना संक्रमण हो भने नेपालमा हालसम्म कोरोनाका कारण मृतकको संख्या ४ पुगेको छ । यसैगरी आज अहिलेसम्म ७२ जना नयाँँ संक्रमित थपिएर संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।

Share This
  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares