ड्युटीमा खटिएका प्रहरी असई विष्णु कार्कीले गरे आत्महत्या – EsancharPati
ड्युटीमा खटिएका प्रहरी असई विष्णु कार्कीले गरे आत्महत्या

ड्युटीमा खटिएका प्रहरी असई विष्णु कार्कीले गरे आत्महत्या

काठमाडौं, ११ जेठ । महानगरीय प्रहरी वृत्त स्वयम्भू अन्तर्गतको ड्युटी पोस्ट स्वयम्भू हल्चोकमा कार्यरत असई विष्णु कार्कीले कन्चटमा गोली हानी आत्महत्या गरेका छन् । आइतबार बिहान ड्युटीमा खटिएका बेला असई कार्कीले आत्महत्या गरेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पुष्टि गरे ।

उनी स्वयम्भूस्थित प्रहरी ड्युटी पोस्टका इन्चार्ज रहेका थिय। मृत भेटिएका कार्कीमाथि कसैले गोली हान्यो वा उनी आफैले गोली हाने सो विषयमा महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान थालेको छ । उनको दायाँ पट्टी कन्चटमा गोली लागेको छ । घटनास्थलमा बिहानै प्रहरी पुगेर अनुसन्धान सुरु गरिसकेको छ ।

Share This
  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares