लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको भूमि नेपालको हो : अभिनेता हमाल – EsancharPati
लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको भूमि नेपालको हो : अभिनेता हमाल

लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको भूमि नेपालको हो : अभिनेता हमाल

काठमाडौं- अभिनेता राजेश हमालले लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग भएको बताउँदै एक भिडियो सन्देश सार्वजनिक गरेका छन।

आफ्नो फेसबुक पेजमा एक भिडियो सन्देश सार्वजनिक गर्दै हमालले भारतले लिम्पियाधुरा र लिपुलेक आफ्नो भएको दाबी गरेका हुन् ।हमाल भन्छन्,‘लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग हो। नेपालसँग यसको पुरा प्रमाण छ। हामी नेपाली बिनम्रताका साथ अनुरोध गर्छौ कि भारतले तथ्य स्वीकार्नुपर्छ। भारतले तथ्य र तथ्यांकलाई राम्रोसँग हेर्नुपर्छ।’नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतले नेपालको भुभाग मिचेर सडक बनाएपछि सीमा विवादले उत्कर्ष रुप लिएको छ। नेपालीहरुले भारतको कडा विरोध गरिरहेको समयमा हमालको पछिल्लो भनाइ आएको हो।

Share This
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares