शंखरापुर नगरपालिका सिल, १२ जनामा आडीटी पोजेटिभ देखियो – EsancharPati
शंखरापुर नगरपालिका सिल, १२ जनामा आडीटी पोजेटिभ देखियो

शंखरापुर नगरपालिका सिल, १२ जनामा आडीटी पोजेटिभ देखियो

काठमाडौं – शंखरापुर नगरपालिकामा बिहीबार २९० जनामा गरिएको आडीटीका क्रममा १२ जनामा कोरोना पोजेटिभ देखियो। नगरपालिकासँग जोडिएका नाका पनि आज बिहान १० बजेदेखि सिल गरियो।

शंखरापुर नगरपालिकामा बिहीबार वडा नं ४ देखि ९ सम्मका जनप्रतिनिधि, अत्यावश्यक सेवामा खटिने कर्मचारी, स्थानीयवासी लगायत कोरोनाको लक्षण देखिएकामा गरिएको आरडीटीका क्रममा १२ जनामा पोजेटिभ देखिएपछि नगर क्षेत्र सिल गर्न लागिएको नगर प्रमुख सुवर्ण श्रेष्ठले बताए आजदेखि नगर क्षेत्र छिर्ने सबै नाका सिल गरिने भएको छ ।

इन्द्रायणी स्वास्थ्य केन्द्र, पिपल्स लाइफ केयर, सुष्मा कोइराला मेमोरियल अस्पताल र घुमारचोक शहरी स्वास्थ्य केन्द्रमा बिहीबार २९० जनाको आरडीटी गरिएको थियो ।आरडीटीमा पोजेटिभ देखिएकालाई नगरपालिका वडा नं ७ स्थित बाल क्षेत्र नेपालको क्वारेन्टाइनमा राखिएको छ ।

Share This
  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares