थपिएका २७ संक्रमितमध्ये काठमाडौं उपत्यकाका पाँच – EsancharPati
थपिएका २७ संक्रमितमध्ये काठमाडौं उपत्यकाका पाँच

थपिएका २७ संक्रमितमध्ये काठमाडौं उपत्यकाका पाँच

काठमाडौं, ६ जेठ ।मंगलबार थपिएका २७ संक्रमितमध्ये काठमाडौं उपत्यकाका पाँच जना रहेका छन ।

मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा तीन, भक्तपुरमा एक र ललितपुरमा एक जनामा संक्रमण देखिएको हो। उनीहरूको स्थायी बसोबास र कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार अब कोरोनाभाइरसको संक्रमण ३६ जिल्लामा पुगेको छ।प्रदेशगत रुपमा सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मा छन् । प्रदेश १ मा ५४, २ मा एक सय ३६, वागमतीमा २७ र गण्डकी प्रदेशमा चार जना छन् भने प्रदेश ५ मा एक सय ७६, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा पाँच जना छन् ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares