सेनाले १९ टन स्वास्थ्य सामग्री ल्यायो – EsancharPati
सेनाले १९ टन स्वास्थ्य सामग्री ल्यायो

सेनाले १९ टन स्वास्थ्य सामग्री ल्यायो

जेठ ६ । नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री मध्ये १८.८४ टन सामग्री नेपाल आइपुगेको छ । नेपाल एयरलाइन्सको वाइडवडी विमानमार्फत सेनाले मंगलबार बिहान स्वास्थ्य सामग्री नेपाल ल्याएको हो । पीसीआर परीक्षणका लागि चाहिने किट, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), एन ९५ मास्क, ग्लोब्सलगायतका सामानहरु यो चरणमा आएको जंगीअड्डा स्रोतले बताएको छ ।

यसअघी पनि गत बैशाख २२, २४ र २५ गते सेनाले चीनको ग्वान्झाओबाट स्वास्थ्य सामग्री काठमाडौं ल्याइसकेको छ । ओम्नीको सम्झौता रद्द गरी सरकारले स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिएको हो ।

नेपाली सेनाले वैशाख पहिलो साता जीटुजी प्रणालिबाट स्वास्थ्य सामग्री खरिदका लागि दुई अर्ब २५ करोड रुपैयाँ बढीको सम्झौता चिनियाँ वाणिज्य मन्त्रालयसँग गरेको थियो र सम्झौता बमोजिम ४२ टन स्वास्थ्य सामग्री खरिदका लागि सेनाले रकम बुझाइसकेको छ भने ग्वान्झाओमा सामग्री जम्मा भइरहेको छ । अर्को चरणमा थप सामग्री आउने छ ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares